नेपाली भूगागमा भारतले संरचना निर्माण गरेकामा एमालेको आपत्ति


 
    
    

तस्बिर रासस
काठमाडौं । नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेका परराष्ट्र मामिला विभागका डा राजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूगाग फिर्ता ल्याउन त्यसबेला नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको स्मरण गराएका छन् ।
‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहित संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ’- विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुरयाउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
