शुक्रबार, वैशाख ७, २०८१
08:10 | १२:५५

बेलायतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी

नेपाली लिङ्क जनवरी ८, २०२२

फाइल तस्बिर

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आउंदो मंगलबार ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

यही २७ पौष मंगलबार (११ जनवरी) बिहान कार्यक्रम तय छ ।

बेलायतमा कोभिड संक्रमण तीव्र भएपछि सरकारी नियम अनुशरण गर्दै यसपटक पनि भर्चुअल कार्यक्रम गर्न लागिएको हो ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।

बिहान ११:४५ बजेदेखि जुममार्फत गरिने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल, प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी, नागरिक समूहका अध्यक्ष निगम हुमागाई, लन्डनस्थित बुद्धिजिवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), हन्स्लो मेयर विष्णु गुरुङ, बुद्धिजिवीहरु विकलचन्द्र आचार्य, खगेन्द्र पाठक, गोपी सापकोटा लगायतले सम्बोधन गर्नेछन् ।

अध्यक्ष क्षेत्रीले यसै वर्षदेखि एक लाख रुपैयांको पृथ्वी पुरस्कार घोषणा पनि हुने जानकारी दिए । राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार प्रदान गरिने क्षेत्रीले बताए ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले कार्यक्रममा सहभागिताका लागि आव्हान गरेको छ ।

कार्यक्रम विवरणः

300th Prithvi Jayenti Celebration in the UK
Time: Jan 11, 2022 11:45AM London
Meeting ID: 785 302 9106
Passcode: Prithvi22
ZOOM Meeting Link
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू