कजाकिस्तानमा भड्कियो हिंसा, दर्जनौं प्रदर्शनकारी मारिए



तस्बिर एपी
अल्माटी, कजाकिस्तान, २२ पुस– कजाकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीका प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा प्रहरीले रातभरि दर्जनौं प्रदर्शनकारीलाई मारिदिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजो राती चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारी मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताए ।
कजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका थिए ।
मध्य एसियाली मुलुक कजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका थिए ।
विद्युत मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । राष्ट्रपतिले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।
संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।
प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५