शनिबार, जेठ ५, २०८१
13:29 | १८:१४

नेपाली समाज वील्सायरले बांड्यो घरबारबिहीनलाई खाना र उपहार

नेपाली लिङ्क डिसेम्बर २५, २०२१

लन्डन । नेपाली समाज वील्सायर स्वीन्डनले क्रिसमसको अवसर पारेर स्वीन्डनमा रहेका घरबारबिहीनलाई खानासहित उपहार वितरण गरेको छ । क्रिसमसमा समाजले गरेको यो दोश्रो राहत वितरण कार्यक्रम हो ।

क्रिसमस इभको अवसरमा शुक्रबार सांझ सडकमा जीवन व्यतित गर्न वाध्य नागरिकहरुलाई शुभकामनासहित खाना र उपहार प्रदान गरिएको समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुङले बताए । सो अवसरमा करिब तीन दर्जन घरवारबिहीनलाई खाना ख्वाइएको थियो ।

उक्त कार्यक्रम स्थानीय नेपाली रेष्टुरेण्ट व्यवसायी मःमः किङ प्रोप्राइटर सुशील पौडेल साथै याक द हिमालयन किचनका प्रोप्राइटर अर्जुन गुरुङ लगायत दिवाली रेष्टुरेण्टले प्रायोजक गरेका थिए ।

अध्यक्ष ज्ञान प्रसाद गुरुङको नेतृत्वमा गरिएको उक्त कार्यक्रमको अग्रीम तयारी समन्वय​ सचिव भवानी प्रसाद गुरुङले गरेका थिए भने कार्यसमितिका पदाधिकारीहरु श्रीमति तिजु गुरुङ (महिला संयोजक), रन्जन मल्ल (जेष्ठ नागरिक संयोजक), जुमबहादुर गुरुङ (जनप्रतिनिधि अधिकृत) लगायत महिला सदस्यहरु राधा गुरुङ, मिना गुरुङ र उमा गुरुङले सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू