शनिबार, जेठ ५, २०८१
08:38 | १३:२३

एनआरएनए निर्वाचन तालिका स्थगित, विवाद समाधान समिति गठन

नेपाली लिङ्क डिसेम्बर १५, २०२१


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका लागि घोषित तालिका स्थगित भएको छ ।  

बिहीबार उम्मेद्वार मनोनयन हुनु एक दिनअघि निर्वाचन समितिले वक्त्व्य जारी गर्दै निर्वाचन तालिका स्थगन गरिएको घोषणा गरेको छ ।  

एनआरएनए निर्वाचनका मतदाताको पूर्ण विवरण प्राप्त हुन नसकेका कारण छानबिन प्रक्रिया प्रभावित भएको भन्दै ’निर्वाचन मिति’ बाहेकका सबै तालिका स्थगित गरिएको जनाइएको छ ।

एनआरएनए निर्वाचन यही डिसेम्बर २६ र २७ तारिखलाई तय छ ।

 

विवाद समाधानलाई उच्चस्तरीय समिति

यसैबीच, एनआरएनएभित्रको पछिल्लो विवाद समाधानका लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

अध्यक्ष कुमार पन्तले विवाद समाधान खोज्ने प्रयासमा अध्यक्षका दुवै आकांक्षीका प्रतिनिधि सम्मिलित चार सदस्यीय समिति बनाएका हुन् ।  

समितिमा कुल आचार्य पक्षका विश्वआदर्श पण्डित र डा. यादव पण्डित तथा डा. बद्री केसी पक्षका गौरी जोशी र डीबी क्षेत्री छन् ।  

एनआरएनए निर्वाचनका डेलिगेटहरुका सम्बन्धमा उत्पन्न विवाद समाधान हुन नसक्दा निर्वाचन अझै अनिश्चित बनेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू