बिहीबार, वैशाख १३, २०८१
16:05 | २०:५०

क्षेत्री समाज यूकेद्वारा क्यान्सर पीडित महिलालाई सहयोग

नेपाली लिङ्क नोभेम्बर ३०, २०२१

लन्डन  । क्षेत्री समाज बेलायतले लम्जुंग जिल्ला निवासी क्यान्सर पीडित महिला श्रीमती ज्ञानु ढुंगेलको उपचार खर्चका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । स्तन क्यान्सरबाट ग्रसित ११ सन्तानकी आमा ढुंगेलको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न असमर्थ भएपछि क्षेत्री समाज बेलायतका संस्थापक अध्यक्ष कृष्ण अधिकारी क्षेत्रीको पहलमा सहयोगका लागि आग्रह गरेका थिए ।

आर्थिक संकलनका लागि क्षेत्री समाज बेलायतकी उपाध्यक्ष श्रद्धा थापाको संयोजकत्वमा तिहारको अवसर पारेर गत नोभेम्बर २ का दिन देउसी भैलो कार्यक्रम गरि समाजभित्रबाट रकम संकलन गरिएको हो । संकलित रकममध्येबाट केहि रकम  उपचारका लागि सहयोग गर्ने र बाँकी रकम संस्थाको आपतकालीन कोषमा राख्ने कार्यसमितिले निर्णय गरेको थियो ।

शनिबार आयोजना गरिएको एक कार्यक्रममार्फत दुई लाख रुपैयाँ क्यान्सर पीडित महिलाको उपचारका लागि हस्तान्तरण गरिएको छ । प्लमस्टिडस्थित मायादिदी रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्री समाज बेलायतकी उपाध्यक्ष थापा, समाजका पूर्व अध्यक्ष धन बहादुर कुँवरलगायतका व्यक्तिहरुको सहभागिता थियो ।

समाजले देउसी भैलो कार्यक्र आयोजना गरि रकम संकलनमा महत्वपूर्ण भूमिका निर्वाह पुर्याएकोमा समाजकी उपाध्यक्ष श्रद्धा थापालगायत टिमका साथ समाजका सम्पूर्ण सदस्यलाई धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू