बिहीबार, वैशाख २७, २०८१
03:09 | ०७:५४

कोरोनाबाट ५० लाख बढीको मृत्यु

रासस-एएफपी नोभेम्बर २, २०२१

संयुक्त राष्ट्रसंघ– कोभिड १९ महामारीबाट विश्वभर ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपका कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मंगलबार जानकारी दिएको छ ।

४० लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।

विश्वका अर्बौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदरदरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।

यद्यपि युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का संक्रमित र मृतक संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार पत्रकार सम्मेलनमा बताए ।

रुसमा हाल संक्रमण र मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुंदै आएको छ । रुसमा कोरोना संक्रमणका कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू