बिहीबार, चैत १५, २०८०
16:43 | २२:२८

सहारा यूके महासचिव धनु थकालीको अल्पायुमा निधन

नेपाली लिङ्क अक्टोबर ७, २०२१

लन्डन । सहारा यूकेका महासचिव धनु थकालीको अल्पायुमा निधन भएको छ । ५१ वर्षीय थकालीको बिहिबार बिहान ७ बजे अल्डरसटस्थित आफ्नै निवासमा निधन भएको सहारा यूके अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

पछिल्लो ८-९ महिनादेखि अस्वस्थ स्वर्गीय थकालीलाई लामो अस्पताल बसाइपछि दुई दिनअघि घरमा ल्याइएको थियो ।  

विगत १८ वर्षदेखि परिवारसहित बेलायत बस्दै आएका थकालीका श्रीमती, एक छोरी र एक छोरा छन् ।  उनका बाबुआमा नेपालमा छन् ।

मुस्ताङमा जन्मिएका स्वर्गीय थकालीको परिवार पछि स्याङ्जा वालिङमा बसाइ सरेको थियो ।  

सहारा यूके वर्तमान महासचिव थकाली यसअघि सहारा फुटबल क्लबका सिइओ थिए ।  

थकालीको असमायिक निधनबाट बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । 

सहारा यूकेले उनको निधनमा गहिरो दु:ख व्यक्त गरेको छ । महासचिव थकालीको निधनको खबरलगत्तै अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष कुसाङ गुरुङ लगायत पदाधिकारी थकाली निवास पुगेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू