सोमबार, जेठ ७, २०८१
21:57 | ०२:४२

तमु समाज यूकेको १४ औं वार्षिक उत्सव

नेपाली लिङ्क अक्टोबर ४, २०२१

लन्डन । तमु समाज यूकेले एक समारोहबीच आफ्नो १४ औं वार्षिक उत्सव मनाएको छ । लन्डन वेम्ली नजिक बारहाम पार्कमा अवस्थित तमु समाज यूके नेपलिज कम्युनिटी हलमा गत शनिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा लन्डन बरो अफ हाउन्सलोका मेयर काउन्सिलर विष्णु बहादुर गुरुङ प्रमुख अतिथी तथा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र क्या. रि. एक नारायण गुरुङ विशेष अतिथी थिए ।

उक्त कार्यक्रमका अन्य अतिथिमा तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ, महासचिव परशु गुरुङ, कोषाध्यक्ष कमल गुरुङ, खेलकुद सचिव क्या. देवबहादुर घले, तमुधिं यूके आमा समूहकी अध्यक्ष श्रीमति मन्जु (सीता) गुरुङ, रोयल ग्रीनविच नेपाली सोसाइटीका संरक्षक हरि गोविन्द गुरुङ थिए ।

समाजका अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम समाजका महासचिव धरमबल गुरुङ र निरज गुरुङले सञ्चालन गरेका थिए ।

प्रमुख अतिथि लन्डन बरो अफ हाउन्स्लोका मेयर काउन्सिलर विष्णुबहादुर गुरुङ, समाजका अध्यक्ष शिव कुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा पानसमा द्वीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरेका थिए ।

संयुक्त अधिराज्य बेलायत र नेपालको राष्ट्रिय धुन पछि अध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तव्य दिंदै समाजले स्थापनाकालदेखि हालसम्म गरेका गर्व गर्न लायक क्रियाकलापहरुको जानकारी दिए ।

उनले बेलायतमा दर्ता भएर क्रियाशिल तमुहरुको दुई संस्थाहरु तमुधिं यूके र तमु समाज यूकेबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउंदै तमु संस्कार र संस्कृति संरक्षणमा नयां उर्जा सृजना गरिने विचार व्यक्त गरे ।

अध्यक्ष गुरुङले तमु एकताको सन्देश बेलायतको राजधानी लन्डनबाट विश्वभर फैलने पनि बताए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले दुई संस्थाबीच आगामी दिनमा व्यवहारिक रुपमा नै एक भएर अगाडि बढ्ने जनाउंदै एकतामा नै बल हुने र तमु एकता अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी लन्डन बरो अफ हाउन्स्लोका मेयर काउन्सिलर विष्णुबहादुर गुरुङले तमु समाज यूके र तमुधिं यूकेबीचको एकतामा खुशी प्रकट गर्दै तमु समाज यूकेले बेलायतमा मात्र सिमित नरही नेपालमा समेत गरेको सामाजिक कार्यको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले हाउन्स्लो काउन्सिलका तर्फबाट आधिकारिक रुपमा तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङलाई सम्मान पत्र र व्यक्तिगत रुपमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई सम्मान पत्र प्रदान गरे ।

विभिन्न व्यक्ति सम्मानित

तमु समाज यूके अध्यक्ष र आमा समूहकी अध्यक्ष श्रीमती उमा देवी गुरुङले लन्डन बरोको ३२ वटा काउन्सिलमा पहिलो मेयरका रुपमा निर्वाचित गोर्खा विष्णु बहादुर गुरुङलाई बधाई दिंदै परम्परागत शैलीमा फेटा, खादा र मायाको चिनो साथै समाजको प्लेग र उनकी धर्मपत्नी सीता गुरुङलाई सल पछ्यौरीले सम्मान गरेका थिए ।

त्यसैगरि तमु समाज यूकेले क्या. रि. एक नारायण गुरुङलाई लामो समयदेखि भूतपूर्व ब्रिटिश गोर्खाहरुको हकहित र अधिकार संरक्षणमा खटिनुका साथै गोर्खा इतिहासलाई अनन्तकालसम्म जीवन्त राख्न पोखरामा ब्रिटिश गोर्खा स्मारक संग्रहालय स्थापना गरेको भन्दै विशिष्ट समाज सेवा सम्मान पत्र–२०२१ द्वारा सम्मान गरेको छ ।

गुरुङ तमु छोंज धिं नेपालको पूर्व वरिष्ठ उपाध्यक्ष रहंदा समग्र तमु जातीको कला 
संस्कृति संरक्षणका निम्ति अतुलनीय योगदान गरेकाले पनि कदर गरिएको समाजको भनाइ छ ।

त्यसै गरि समाजले हितकाजी गुरुङले लामो समय देखि बेलायतमा रहेर तमु धिं एसोसिएसन यूकेको संस्थापक रहि तमु जातीहरुको कला संस्कृतिको संरक्षण गर्नुका साथै समग्र तमु जातीको एकताको निम्ति सामाजिक जीवनको विभिन्न पक्षमा अतुलनीय योगदान गरेको भन्दै तमु समाज युके विशिष्ट समाज सेवा सम्मान पत्र–२०२१ ले सम्मान गरयो ।

तमु धिं एसोसिएसन यूकेले यस वर्षको गोर्खा कप फुटबल प्रतियोगिता र नेपाली मेला जस्तो वृहत कार्यक्रम भब्य सफलताका साथ आयोजना गरेकामा पनि हितकाजी गुरुङलाई लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामनासहित प्रशंसा पत्र प्रदान गरेको छ ।


कार्यक्रममा हरि गोविन्द गुरुङलाई रोयल ग्रीनवीच नेपाली सोसाइटीको संरक्षक जस्तो गरिमामय पदमा मनोनित भएकोमा तमु समाज यूकेका अध्यक्षले खादा र फेटा लगाइ बधाई तथा शुभकामना दिएका थिए ।

तमु समाज यूके अध्यक्ष र आमा समूहकी अध्यक्षले तमु धिं यूके अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी र आमा समूह अध्यक्ष श्रीमति मञ्जु (सीता) गुरुङलाई कार्यकाल सफलताको शुभकामना सहितसम्मान गरेका थिए ।

समाजको सामुदायिक भवनका प्रबन्धक बाबुराम गुरुङ र सहप्रबन्धकद्वय याम बहादुर गुरुङ र इमान घलेलाई स्वयंसेवक प्रबन्धकको रुपमा अनवरत तीन वर्ष कम्युनिटी सेन्टर सञ्चालन, संरक्षण र ब्यवस्थापकीय योगदानको उच्च कदर गर्दै तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२१ बाट सम्मान गरिएको थियो ।

तमु कला र संस्कृतिको माध्यमबाट समाजलाई विशेष योगदान दिने सुश्री सुविना घले, सुश्री प्रज्जु गुरुङ, सुश्री ओसिएन राना, सुश्री दिया लिम्बु पनि सम्मानित भए । समाजको विभिन्न कार्यक्रममा अनवरत रुपमा विशेष योगदान दिने मनिका गुरुङ, 
रितिका गुरुङ र प्रज्वलमान गुरुङलाई सम्मान गरियो ।

सो अवसरमा गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङलाई सम्मान गरियो भने गोर्खा मिडियाका मिलन गुरुङले सामाजिक जीवनका विभिन्न पक्षमा योगदान दिएका गोर्खा मिडियाका सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई सम्मान गरे ।

सम्मान कार्यक्रमपछि प्रमुख अतिथि, तमु धिं यूके अध्यक्ष र तमु समाज यूके अध्यक्षले संयुक्त रुपमा चौधौं वार्षिक उत्सवको अवसरमा केक काटेर हर्षउल्लास गरिएको थियो ।


केक प्रायोजन समाजका सल्लाहकार काशीराज बोहोराले गरेका थिए भने पेय पदार्थ खरिद गर्न सल्लाहकार प्रेम गुरुङले २०० पाउण्ड, सल्लाहकार ले. (रि) पञ्च बहादुर गुरुङले १०० पाउण्ड र कार्यसमिति सदस्य नरबहादुर गुरुङले १०० पाउण्ड प्रदान गरे ।

आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, सल्लाहकार जुमबहादुर गुरुङ, अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र महासचिव धरम बल गुरुङले स्यामपेन, बियर, फलफूल प्रायोजना गरेका थिए । खाना प्रवन्ध हरिमान गुरुङको संयोजकत्वमा रारा क्याटर्सले गरेको थियो ।

कार्यक्रममा फोटोग्राफी टेकबहादुर गुरुङ र भिडियोग्राफी गोर्खा मिडियाका मिलन गुरुङले गरेका थिए । साउण्ड सिस्टम व्यवस्थापन विशाल लामाले गरेका थिए ।

समाजका उपाध्यक्ष बिन्दु घले र विमला गुरुङको कोरियोग्राफीमा कलाकारहरु अर्जुन गुरुङ, विमला गुरुङ, बिन्दु घले, रितु गुरुङ, प्रज्जु गुरुङ, सुविना घले र सुमी गुरुङको बेजोड नृत्य प्रस्तुतिले कार्यक्रममा भरपुर मनोरञ्जन दिलाएको थियो ।

समाजका उपाध्यक्ष भिमबहादुर गुरुङले सहभागी अतिथि, समाजका विशिष्ठ व्यक्तित्व एवं कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिंदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए । त्यसपछि सहभागीहरु सामूहिक नृत्यमा अबेरसम्म रमाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू