शनिबार, वैशाख ८, २०८१
10:49 | १५:३४

बेलायती प्रधानमन्त्रीलाई मातृशोक

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२१

तस्विर मिरर

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक परेको छ । जोन्सनकी ७९ वर्षीया आमा शार्लोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा सोमबार निधन भएको स्थानीय पत्रिका टेलिग्राफले जनाएको छ ।

व्यावसायिक चित्रकारसमेत रहेकी शार्लोटको ‘अचानक र शान्तिपूर्ण’ मृत्यु भएको बताइएको छ । विभिन्न राजनैतिक एवम् वरिष्ठ व्यक्तित्वहरुले प्रधानमन्त्री जोन्सन तथा उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शार्लोटले आफ्नो चित्रकारितालाई भने निरन्तर अगाडि बढाएकी थिइन् । प्रधानमन्त्री बोरिस जोन्सन, पूर्वमन्त्री जो, पत्रकार राचेल र पर्यावरण अभियानकर्ता लियो उनका चार सन्तान हुन् ।

सन् १९४२ मा जन्मिएकी श्रीमती शार्लोटका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्ष थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू