बुधबार, वैशाख १२, २०८१
10:28 | १५:१३

बेलायतको नेपाली भलिबलमा लिड गर्दै अल्डरसट क्लब

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२१

लन्डन । बेलायतका विभिन्न क्षेत्रमा वर्षेनी आयोजना हुने भलिबल प्रतियोगिताहरु यस वर्ष पनि निरन्तर भए । 

बेलायतस्थित नेपाली खेलाडी एवम् उनीहरुका समूह सहभागी यो वर्षका मुख्य प्रतियोगिताहरुमा अल्डरसट भलिबल क्लब सबैभन्दा बढि प्रभावशाली देखिएको छ ।  

क्लबका कोषाध्यक्ष विमल गुरुङका अनुसार बेलायतमा यो सिजनमा आयोजित सबै ४ वटा मुख्य भलिबल प्रतियोगितामा अल्डरसट भलिबल क्लबले फाइनलसम्मको यात्रा तय गरेको छ । जसमध्ये २ मा उपाधि जितेको अल्डरसट क्लबले एकमा बराबरी गरेको छ भने बांकी एकमा उपविजेता बनेको छ   

गत शनिबार गोर्खा नेपाल समाजले स्वीन्डनमा आयोजना गरेको खुला भलिबल प्रतियोगिताको उपाधि अल्डरसट भलिबल क्लबले जित्यो ।  

त्यसअघि मोना यूकेले आयोजना गरेको यस वर्षको भलिबल प्रतियोगिता पनि अल्डरसटले नै जितेको थियो ।  

त्यस्तै, ग्रीनवीच भलिबल परिवारद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा मोना यूकेसँग बराबरी गर्दै अल्डरसटले उपाधि बांडेको थियो ।  

आफैले आयोजना गरेको प्रतियोगितामा भने फाइनलमा मोना यूकेसँग पराजित हुँदै अल्डरसट उपविजेता बनेको थियो ।  

अल्डरसट भलिबल क्लबका अध्यक्ष स्वर्ग गुरुङले बेलायतमा आयोजना भएका सबै मुख्य प्रतियोगिताको फाइनलसम्म पुग्नु आफ्नो क्लबको लागि गौरवको विषय भएको बताए ।  

सन् २०१६ मा स्थापित क्लबले विभिन्न समयमा नेपालका भलिबल खेलाडीहरुलाई सहयोग समेत गर्दै आएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू