भारतमा कोरोना संक्रमण फेरी बढ्यो


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।
सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ सङ्क्रमित भएका छन् । जवकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या कम भएको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएका मध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् ।
त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ ।
केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ । मन्त्रालयका अनुसार बिहीबार भारतमा तीन लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै समयमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्याभन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५