मंगलबार, मंसिर २१, २०७८
08:26 | १४:११

थप चार हजार ९०४ मा संक्रमण, ३५ को मृत्यु

रासस अगस्ट १०, २०२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार १९८ पुगेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार १५० पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ३३२ जना छन् । त्यस्तै ३३ हजार ९८५ जना होम आइसोलेसनमा, तीन हजार ३४७ संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमितमध्ये ७६१ जना सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू