शुक्रबार, वैशाख १४, २०८१
03:16 | ०८:०१

युरोप र अमेरिकाका लागि इंग्ल्याण्डमा क्वारेन्टाइन हट्ने

नेपाली लिङ्क जुलाइ २८, २०२१

लन्डन । कोरोना संक्रमणका कारण इंग्ल्याण्डले लगाउंदै आएको यात्रा प्रतिबन्ध युरोप र अमेरिकाबाट आउने यात्रुहरुका लागि सोमबारबाट थप सहज हुने भएको छ ।

कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट इंग्ल्याण्ड आउने यात्रुहरुले सोमबारबाट क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । आउँदो अगष्ट  २ तारिख बिहान ४ बजेबाट यो नियम लागू हुनेछ ।

युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ ।

तर, यात्रा गर्नु अघि र इंग्ल्याण्ड आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।

पछिल्लो समय इंग्ल्याण्ड प्रवेश गर्दा फ्रान्सबाहेकका ‘एम्बर लिष्ट’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको छ ।

नयाँ नियमसंगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसंग भेट्न पाउने अवसर मिल्ने सरकारको धारणा छ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएकाले सरकारले जनजीवन सामान्य बनाउने उद्देश्य लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू