शुक्रबार, चैत १६, २०८०
21:22 | ०३:०७

मतदातासँग दीपकको अपिल: पार्टी र गुट हैन, उम्मेदवार हेरेर मत दिनुहोस्

नेपाली लिङ्क जुलाइ २३, २०२१

लन्डन । एनआरएनए यूके आसन्न निर्वाचनमा अध्यक्षका एकजना सशक्त प्रत्यासी दीपक श्रेष्ठ यतिखेर चुनावी अभियानमा निकै व्यस्त छन् । मतदाता आकर्षित गर्न उनको अभियान ‘क्लाइमेक्स’ मा छ अहिले ।

आफ्नो व्यक्तिगत स्वार्थभन्दा बेलायतस्थित नेपाली समुदायकै हित र कल्याणका एजेन्डा बोकेर हिंडेका इमान्दार, मनका धनी एवं एनआरएनए अभियानका एकजना अथकक सिपाही दीपक आफू मतदाताको पहिलो रोजाइमा पर्नेमा ढुक्क छन् ।

एनआरएनए यूकेलाई बेलायतमै बसेका नेपालीको सुःख दुःखको साथी बनाउने उनको मुख्य ध्येय छ । बेलायतमा वाध्यतावस गैर कानूनी बस्नु परेका नेपालीलाई संघले कहिल्यै वास्ता नगरेको गुनासो भइरहंदा दीपक त्यो वर्गलाई संस्था र समुदायमा आफ्नोपन दिलाउन चाहन्छन् ।

त्यस अलवा भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए यूकेले समेट्न नसकेका विद्यार्थीका सवाल पनि उनका प्राथमिकतामा छन् ।

‘म चुनावी सिलसिलामा जहां जुन समुदायसम्म पुगें, त्यहांबाट धेरै सकारात्मक र उत्प्रेरणादायी सुझाव सल्लाह पाउंदा उत्साहित छु’, दीपकले भने, ‘मतदाताहरु मेरा प्रतिवद्धताबाट धेरै प्रभावित भएको पनि पाएको छु । म बेलायतका नेपालीलाई नै फाइदा हुने खालका कार्ययोजना ल्याउनेछु ।’

सन् २०१५-२०१७ कार्यकालमा एनआरएनए यूकेको कोषाध्यक्ष निर्वाचित भएर जुन कार्यसम्पादन उनले गरे, त्यसपछि बेलायतको नेपाली समुदाय दीपकलाई विश्वास गर्न थाल्यो । एनआरएनए यूकेमा विगत र अहिले पनि सधैं चर्चामा रहने संस्थाको हरहिसाव पारदर्शीता, मितव्ययितामा दीपकको उत्कृष्ट कार्यशैली नै उनी बेलायती डायष्पोरामा सेलिब्रेटी हुने मुख्य आधार बन्यो । यसपटकको चुनावमा पनि उनले आर्थिक पारदर्शीतालाई बढी प्राथमिकता दिएका छन् जसले मतदाता तान्न उनलाई सहज भएको छ ।

अहिले अध्यक्षका सबै प्रत्यासीले नेपाल हाउस बनाउने एजेन्डा अघि सारेपनि सबैभन्दा पहिला सो प्रोजेक्टको संयोजन गरेर पैसा संकलन गर्ने काम दीपक कोषाध्यक्ष हुंदा नै भएको थियो । उनी अहिले अध्यक्ष बने त्यसलाई मुर्तरुप दिन तयार छन् । हुन पनि उनलाई नेपाल हाउसमा जति सेन्टिमेन्ट्स र अनुभव छ, अरुमा नभएको जानकारहरु बताउंछन् ।

एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका वर्तमान अध्यक्ष दीपक श्रेष्ठले त्यो पदको जिम्मेवारी यसरी निर्वाह गरे कि कतिपयले उनको भूमिकालाई एनआरएनए यूकेसंगै टक्कर गरेको रुपमा बुझेका थिए । उनी केन्द्रमा नै तरंग ल्याउने गरि कार्यक्रम ल्याउंथे ।

बेलायतमा गत मार्च अन्तिम साता भएको राष्ट्रिय जनगणनामा नेपाली पहिचान दिलाउन इंग्ल्याण्ड राज्य परिषदले जुन लिडिंग रोल गर्यो, त्यो नेपाली समुदायको मन जित्ने अर्को आधार बन्यो । सेन्सस अभियानमा दीपकको राष्ट्रप्रेम जति झल्कन्थ्यो, त्यो भन्दा बढी बेलायतमा नेपालीको पहिचान दिलाउन बढी सार्थक थियो ।

बेलायतमा च्यारिटी कार्य होस् वा मातृभूमिलाई अप्ठेरो परेको अवस्था होस्, हरेक कालखण्डमा दीपक अग्रपंक्तिमै रहे । चन्दा माग्नेलाई ‘नाइ’ भन्न नसक्ने उनको स्वभाव छ ।

बुद्ध फाउण्डेशन यूकेको अध्यक्ष हुंदा दीपकले अर्को प्रशंसनीय काम गरे । त्यो के भने प्रत्येक वर्ष सेन्ट्रल लन्डनको ट्राभलगर स्क्वायरमा बुद्ध जयन्ती कार्यक्रम गरेर भारतले भगवान गौतम बुद्धको जन्मस्थान आफ्नो देशमा भएको भन्दै फैलाएको अन्तर्राष्ट्रिय भ्रम निवारण गर्न उनले प्रमुख भूमिका निर्वाह गरे ।

अर्को कुरा, बुद्ध फाउण्डेशन यूकेको अध्यक्षका रुपमा उनले कपिलवस्तुस्थित वाणगंगामा वृद्धाश्रम बनाउने प्रोजेक्ट पनि गरे । एक करोड २५ लाख रुपैयां कुल लागतमा निर्माणाधिन उक्त वृद्धाश्रम प्रोजेक्टको काम करिब ८० प्रतिशत सकिइसकेको छ ।

अब एनआरएनए यूके निर्वाचन आउन करिब साता दिन बांकी रहंदा दीपक समस्त मतदातालाई यसपटक एक मत दिएर सहयोग गरिदिन अपिल गरिरहेका छन् । ‘मैले जति एजेन्डा सार्वजनिक गरेको छु, ति असम्भव छैनन् । केवल मलाई तपाईंहरुको निर्णायक मत खांचो छ’, उनले भने, ‘म चुनावी अभियानमा केही कारणले हजुरहरुसमक्ष पुग्न सकिन भने पनि कृपया मेरो यही अपिल मानेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

यही निर्वाचनमा पनि कतिपय उम्मेदवार कुनै विशेष पार्टी वा समूहको आडमा मैदानमा आएको दीपकले देखेका छन् । सोहीअनुसार उनीहरुको चुनावी प्रचार समेत भइरहेकोप्रति संकेत गर्दै आम मतदातासँग दीपकले अपिल गरेका छन्, ‘सांचिक्कै संस्थाको भलो चाहनुहुन्छ भने पार्टी र गुट हैन, उम्मेदवार हेरेर मत दिनुहोस् ।’

दीपकका १० प्रतिवद्धताः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू