शनिबार, वैशाख ८, २०८१
11:31 | १६:१६

थप १६ लाख मात्रा खोप अनुदान दिने चीनको निर्णय

रासस जुलाइ १६, २०२१

काठमाडौं–चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

 त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।

राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिवद्धता व्यक्त गरेको उक्त मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू