शुक्रबार, वैशाख १४, २०८१
01:10 | ०५:५५

यस्तो छ एनआरएनए यूकेको संशोधित निर्वाचन तालिका

नेपाली लिङ्क जुलाइ १६, २०२१

लन्डन । एनआरएनए यूकेको संशोधित निर्वाचन तालिका प्रकाशन भएको छ । यसअघि निर्धारित निर्वाचन कार्यक्रममा केही हेरफेरसहित नयाँ तालिका सार्वजनिक गरिएको हो ।  

निर्वाचन समिति संयोजक महेन्द्र कंडेल र सदस्यसचिव कर्ण शाहीले एक सूचना जारी गर्दै नयाँ तालिकाबारे जानकारी गराएका छन् ।  

संशोधित तालिकाअनुसार इमेलमार्फत् उम्मेदवारी दर्ताको लागि जुलाई १९ तारिख सोमबार ००:०० देखि बेलुका ८ बजेसम्मको समय उपलब्ध गराइएको छ । भोलिपल्ट २० तारिख दिउंसो १ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, २१ तारिख १ बजेसम्म दावीविरोध र २२ तारिख दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम छ ।  

मतदान जुलाई ३१ तारिख शनिबार पूरा दिन (००:०० देखि २३:५९ सम्म) अनलाइन हुनेछ । निर्वाचन नतिजा घोषणा र शपथ अगष्ट १ तारिख ‘भर्चुअल’ रुपमा गरिनेछ ।  

निर्वाचन समितिको सूचना: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू