बिहीबार, चैत १५, २०८०
14:32 | २०:१७

राजकुमार फिलिपको विशेष समारोहबीच अन्त्येष्टि

नेपाली लिङ्क अप्रिल १७, २०२१

तस्बिर एपी

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अन्त्येष्टि गरिएको छ । स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित वफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी एक अन्त्येष्टि समारोह 
गरियो ।

शनिबार लन्डन नजिकै विन्डसर क्यासलमा आयोजित विशेष अन्त्येष्टि समारोहमा स्वर्गीय फिलिपको ब्रिटिश नौसेना तथा समुद्रप्रति उनको प्रेम पनि झल्कन्थ्यो ।

तर, राजकुमार फिलिपको इच्छा अनुसार अन्त्येष्टि समारोहमा धर्मगुरुले प्रार्थना गरेनन् ।

कोभिड सम्बन्धी ब्रिटिश सरकारले लागू गरेको नियम अनुसार डुक अफ एडिनबरा फिलिपको अन्तिम संस्कारमा शाही 
परिवार सदस्य तथा नातेदार गरि ३० जना मात्र सहभागी भएका थिए ।

९९ वर्षको उमेर गत ९ अप्रिलमा राजकुमार फिलिपको निधन भएको थियो ।

उनको शव राखिएको बाकसलाई ड्युक आफैंले डिजाइन गरेको ल्याण्ड रोभरमा राखेर नजिकैको सेन्ट जर्जेज च्यापलसम्म 
लगिएको थियो । उक्त गिर्जाघरमा फिलिपको शवलाई समाधिस्थ गरिएको छ ।

अन्तिम संस्कारको विधि गरिएको बेला महारानी एलिजाबेथ एक्लै सेन्ट जोर्जेज् च्यापलको अग्रभागमा बसेकी थिइन्। उक्त समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको ‘अखण्ड निष्ठा’, राष्ट्रप्रतिको सेवा र ‘साहस’प्रति सम्मान व्यक्त गरेका थिए।

अन्त्येष्टि संस्कारमा आर्मड फोर्सेस्का ७३० भन्दा बढी सदस्य सहभागी थिए । स्वर्गीय फिलिपप्रति श्रद्धाञ्जलि अर्पण गर्न स्थानीय ब्रिटिश समय अनुसार दिउसो ३ बजे राष्ट्रभर एक मिनेट मौनधारण पनि गरिएको थियो ।

फिलिपलाई तोप सलामी दिईंदै । तस्बिर एपी

राजकुमार फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रीसका राजकुमार एन्ड्र्यू र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए ।

बेलायतकी महारानीसंग ७ दशकभन्दा लामो बैबाहिक जीवनसंगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए । सन् १९५२ देखि अवकास नलिंदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिलिपमा युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा विशेष रुचि थियो । फिलिपलाई प्रतिवद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू