शनिबार, वैशाख ८, २०८१
10:05 | १४:५०

त्रिदेशीय कप विजेता खेलाडीलाई एक-एक लाख

रासस मार्च ३०, २०२१


काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक-एक गोल गरेका थिए । बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरयो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू