शुक्रबार, चैत १६, २०८०
08:15 | १४:००

शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा भोजराज भण्डारी निर्विरोध

नेपाली लिङ्क मार्च २६, २०२१


लन्डन । बेलायतको मिडल्याण्ड बर्मिङहमस्थित शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा भोजराज भण्डारी निर्विरोध भएका छन् ।

संस्थाको पाँचौं कार्यसमितिको अध्यक्षमा भण्डारीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध बनेका हुन् । उम्मेदवारी मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्विरोध भण्डारी समाजको स्थापनाकालदेखि नै सक्रिय छन् । सन् २०१२ मा स्थापित संस्थामा शुरुका दुई कार्यकाल कार्यसमिति सदस्य रहेका भण्डारीले त्यसपछि उपाध्यक्षको जिम्मेवारी निभाएका थिए । गत कार्यकालमा सल्लाहकारको भूमिकामा रहेका उनी अब नेतृत्वमा आएका छन् ।

आउँदो अप्रिल ५ तारिख निर्धारित पाँचौं अधिवेशनले समाजको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

अहिले दर्ता भएका उम्मेदवारहरुमाथिको दाबी विरोधको प्रक्रिया पूरा भएपछि मार्च ३० तारिख उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन समितिको योजना छ ।

निर्वाचन समितिले शुक्रबार सांझ प्रकाशित गरेको नामावली यस्तो छ-
अध्यक्षः भोजराज भण्डारी
उपाध्यक्षः कमला ढकाल
उपाध्यक्षः गोकर्ण हुमागाईं
सचिवः महेन्द्र कुमार काफ्ले
कोषाध्यक्षः दिनेश प्रसाद कडेंल
सह-कोषाध्यक्षः रामेश्वर अर्याल

सदस्यः निसेन्तमान बज्राचार्य
सदस्यः डी एन खरेल
सदस्यः छुमकला पाण्डेय
सदस्यः शसांक शर्मा
सदस्यः प्रवीन खरेल
सदस्यः यादव बिक
सदस्यः राजु खत्री
सदस्यः बिनोद थापा
सदस्यः बाबुराम भुषाल
सदस्यः तेज भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू