शनिबार, वैशाख १५, २०८१
01:39 | ०६:२४

कांग्रेस नेता कोइराला रहेनन्

रासस मार्च १८, २०२१

मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको निधन भएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा गएराति १ बजे उनको निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए । ७५ वर्षीय स्वर्गीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् ।

कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

बिहीबार नै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा कोइरालाको अन्त्येष्टि गरिंदैछ ।

अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला संग्रौला, अमृत अर्याल लगायतका नेता सहभागी हुने सचिव रेग्मीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू