शुक्रबार, वैशाख १०, २०७८
07:14 | ११:५९

नेपाल समूहले ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

रासस मार्च १३, २०२१


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ ।

सो समूहको आज यहां सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिए ।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताए ।

भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने रावलको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू