शुक्रबार, वैशाख १४, २०८१
11:10 | १५:५५

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा

रासस मार्च १२, २०२१


काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ ।

छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समूह बी का बाँकी खेल कुवेतमा हुने भएको हो ।

कोरोना भाइरस महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए ।

छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ ।

समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह ‘बी’ को शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू