शनिबार, वैशाख ८, २०८१
04:11 | ०८:५६

बेलायतमा कोरोनाबाट २३१ को मृत्यु, ५ हजार बढी संक्रमित   

दुई करोड ३७ लाख बढी खोप वितरण

नेपाली लिङ्क मार्च ९, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २३१ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७  छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५,७६६ जना नयां संक्रमित थपिएका छन् ।

विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा पांच हजारको हाराहारीमा रहँदै आएको छ । थपिएका नयां संक्रमितसंगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९९८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४१८ छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६ छ ।

हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

दुई करोड ३७ लाख बढी खोप वितरण

आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोना विरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३७ लाख भन्दा बढी खोप वितरण भइसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २५ लाख ९२ हजार ५२८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख ८१  हजार ४३१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू