बुधबार, वैशाख १२, २०८१
17:28 | २२:१३

बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्यामा कमी

२४ घन्टामा १५८ जनाको मृत्यु

नेपाली लिङ्क मार्च ६, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १५८ जनाको मृत्यु भएको छ ।

गत वर्षको बक्सिङ डेपछि कुनै पनि शनिबारको दिनमा थपिएको मृतक संख्या यो नै सबैभन्दा कम हो ।  

यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ४१९ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ४० जना नयां संक्रमित थपिएका छन् । केहि दिनयता बेलायतमा कोरोना संक्रमितको संख्या दैनिक ६ हजारको सेरोफेरोमा रहँदै आएको छ ।

थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको कुल संख्या ४२ लाख १३ हजार ३४३ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १० हजार ८९८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ५४२ छ ।

दुई करोड २८ लाख भन्दा बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता दुई करोड १७ लाख ९६ हजार २७८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी १० लाख ९० हजार ८४० जनाले दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू