शनिबार, वैशाख ८, २०८१
08:37 | १३:२२

विवेकशील साझा सद्भाव यूके समितिको संयोजकमा अरुण शाक्य  

नेपाली लिङ्क मार्च ६, २०२१

लन्डन । बेलायतमा विवेकशील साझा सद्भाव यूके समिति पुनर्गठन भएको छ । कानूनविद तथा ‘स्वतन्त्र जनता आयोग’ का अभियन्ता  अरुण रत्न शाक्यको संयोजकत्वमा समिति पुनर्गठन भएको हो  ।

गत मार्च ४ तारिख बिहीबार भएको भर्चुअल बैठकले २० सदस्यीय समिति पुनर्गठन गरेको छ जसमा सह-संयोजक बलराम मैनाली, संगठन विभाग प्रमुख तथा सचिव अशोक रिजाल, प्रवक्ता टोउ गुरुङ र सञ्चार संयोजक प्रेम खत्री छन् ।

त्यसैगरी सदस्यहरुमा रामेश्वर थापा, इन्दिरा शाक्य, ज्ञानु खत्री, आनन्द सुवेदी, कृष्ण खतिवडा, दीपक अधिकारी, गणेश गैरे, नेत्र कडरिया ‘निश्चल’, खगेन्द्र कंडेल, नवराज न्यौपाने, प्रकाश पोखरेल, महेश गौतम, कृष्ण अधिकारी, प्रकाश पोखरेल, वसन्त गौतम, बलराम मैनाली लन्डन चयन भएका छन् ।

देशको पछिल्लो राजनीतिक घट्नाक्रमका कारण बैकल्पिक पार्टीको रुपमा उदाउंदै गरेको विवेकशील साझा पार्टीसँग सद्भाव राख्ने विदेशस्थित सद्भाव समूहहरु गठन, पुनर्गठन तथा समायोजन हुने क्रम तीव्र रुपमा बढ्दै गएको छ ।

विवेकशील साझा सद्भाव समूह यूरोप महादेशीय समितिको संयोजक एस के श्रेष्ठको विशेष पहलमा यूरोप लगायत विभिन्न देशमा प्रवास समिति गठन गर्ने क्रम जारी छ । विवेकशील दल र साझा पार्टी पुनः एकीकरण भएपछि पार्टीको नियम अनुसार विदेशस्थित सद्भाव  समूहहरु पनि पुनः समायोजन गर्नुपर्ने भएकोले समायोजन कार्य भइरहेको बताइएको छ ।

बैठकमा स्वागत गर्दै संयोजक अरुण रत्न शाक्यले यूकेमा विवेकशील साझा सद्भाव समूहको इतिहास र महत्वबारे प्रकाश पारे ।

त्यस्तै सह-संयोजक बलराम मैनालीले आफ्नो विगत राजनीतिक इतिहास जेजस्तो भएपनि अबको बिकल्प भनेको बैकल्पिक पार्टी मात्र भएकाले यस पार्टीलाई निरन्तर साथ सहयोग गरी अगाडि बढ्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा समितिका सञ्चार संयोजक ब्रिस्टोल निवासी प्रेम खत्रीले पुरानो दलहरुले नेपालमा विकास र सम्वृद्धिका लागि खासै केहि गर्न नसकेकाले अब विवेकशील साझा पार्टी जस्तो बैकल्पिक पार्टीबाट मात्र परिवर्तन हुनसक्ने जिकिर गरे ।

कार्यक्रममा सहभागी नयाँ सदस्यहरुले आफू माथि हुन अरुलाई होच्याउनु वा गाली गर्नु भन्दा विवेकशील साझाको नेताहरुको धारणा तथा योजनाहरु सालीन भएर सकारात्मक रुपमा जनता समक्ष राख्न उत्तम हुने औंल्याए ।

कार्यक्रममा यूरोप महदेशीय समितिका संयोजक एस के श्रेष्ठले यूके सद्भाव समिति स्थापनाकालदेखि नै सक्रिय रहेको बताउंदै आफूलाई सहयोग पुरयाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद तथा बधाई दिए ।

कार्यक्रममा विवेकशील साझा सद्भाव समूह पोर्चुगलका संयोजक दीपकले पुनर्गठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रम विवेकशील साझा सद्भाव समूह यूकेको निवर्तमान तथा वर्तमान सचिव तथा संगठन विभाग प्रमुख अशोक रिजालले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू