मंगलबार, वैशाख ११, २०८१
17:48 | २२:३३

बेलायतको जनगणनामा नेपाली पहिचान खुलाउन एनआरएनए यूकेको अपील

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२१

लन्डन । एनआरएनए यूकेले बेलायतमा आउँदो मार्च २१ मा हुन लागेको राष्ट्रिय जनगणनामा सहभागी हुन यहाँस्थित नेपाली समुदायलाई अपील गरेको छ ।

इंग्ल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा हुने जनगणनामा सहभागी बन्दा नेपाली पहिचान स्पष्ट खुलाउन समेत आव्हान गरिएको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जारी गरेको एक वक्तव्यमा एनआरएनए यूकेले भविष्यमा बेलायत सरकारबाट प्रदान हुने सेवा सुविधालाई समेत प्रभावित गर्ने भन्दै नेपाली पहिचान खुलाउन आग्रह गरेको छ ।

जनगणनामा नेपाली पहिचान खुलाउन सके बेलायतको नेपाली समुदायको वास्तविक तथ्यांक सुरक्षित हुनाका साथै अल्पसंख्यक समुदायको रुपमा भविष्यमा नेपाली भाषालाई राज्यस्तरबाटै आधिकारिकता दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

एनआरएनए यूकेले आफ्ना राज्य समन्वय परिषदहरुको समन्वयमा जनगणनासम्बन्धी जानकारी र चेतना फैलाउने अभियानहरु सञ्चालन गरिरहेको जनाएको छ ।

१० वर्षअघिको जनगणनामा एनआरएनए यूकेले सिएनएस यूकेसंग मिलेर अभियान चलाएपनि व्यापक सहभागिता गराउन नसकिएको स्मरण गर्दै वक्तव्यमा यसपटक नेपाली पहिचान स्थापित गर्ने अभियान सफल हुने विश्वास व्यक्त गरिएको छ ।

बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक अभियन्ता र मिडियालाई पनि समुदायमा जनगणनासम्बन्धी जागरण फैलाउने कार्यमा सहयोगको लागि अपील गरिएको छ ।

हेरौं वक्तव्य:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू