मंगलबार, चैत ६, २०८०
06:06 | ११:५१

गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

गायिका अन्जु पन्तले बुधबार दोस्रो विवाह गरेकी छन् । विगत एक वर्षदेखिको थिर कोइरालासँगको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

दुवैजना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पाटनस्थित एक चर्चमा विवाह सम्पन्न भएको हो । ‘धेरै माया नदेऊ मलाई एक्लै हुँदा गाह्रो हुन्छ’ बोलको आफैँले गाएको गीतमा टिकटक बनाएर अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो राखेकी छन् ।

कोरोना कारणले सीमित आफन्तको उपस्थितिमा विवाह गरेको उनीहरुको भनाइ छ । गायिका पन्तको यस अगाडि गायक-संगीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत छन् ।

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू