मंगलबार, चैत ६, २०८०
03:06 | ०८:५१

इक्वेडरमा जेलभित्र दंगा मच्चिंदा कम्तीमा ७५ जनाको मृत्यु

रासस-एएफपी फ्रेब्रवरी २४, २०२१


इक्वेडर । इक्वेडरमा मंगलबार तीनवटा जेलमा भएको दंगामा कम्तीमा ७५ जनाको मृत्यु हुनुको साथै कैयौ घाइते भएका छन् । 

प्रहरीका अनुसार पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु भएको छ भने  र्को एक जेलमा ३३ र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको छ । 

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन वटै जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणका लागि  प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताए । उक्त दंगा नियन्त्रणमा लिन  प्रहरीको सहयोगमा सेनालाई पनि खटाइएको उनले जानकारी गराए   

मानवअधिकारवादी संस्थाले यस हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । 

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासका लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुका साथै सात घाइते भएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू