आइतबार, फागुन १६, २०७७
03:18 | ०९:०३

पूर्वी मेक्सिकोमा विमान दुर्घटनाग्रस्त हुंदा छ सैनिकको मृत्यु

रासस–सिन्ह्वा फ्रेब्रवरी २२, २०२१

दुर्घटनाग्रस्त जहाज । तस्बिर एएफपी

मेक्सिको सिटी, १० फागुन–– मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू