शुक्रबार, चैत १६, २०८०
23:54 | ०५:३९

बेलायतमा भेटियो कोरोना भाइरसको अर्को नयां भेरिएन्ट

साउथ अफ्रिकन भेरिएन्टसंग मिल्दोजुल्दो

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२१

फोटो बीबीसी

लन्डन । बेलायतमा  कोरोना भाइरसको अर्को नयां  भेरिएन्ट देखा परेको छ  । वैज्ञानिकहरुले भर्खरै बेलायतमा पत्ता लगाएको भाइरस (बी.१.५२५) को नयां रुप यसअघिको साउथ अफ्रिकन भेरिएन्टसंग मिल्दोजुल्दो भएको बीबीसीले जनाएको  छ ।

यो भाइरस डेनमार्क, नाइजेरिया र अमेरिकामा समेत देखा परेको बताइएको छ । यस नयां भाइरसको बारेमा अध्ययन भइरहेको र यसलाई नयां भेरिएन्टको रुपमा राख्न केहि समय लाग्ने वैज्ञानिकहरुले  बताएका छन्  ।

पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दरमा कमी आएकै बेला बेलायतमा देखिएको नयां भाइरस भेरिएन्टले थप चिन्तित बनाएको छ ।

यद्धपि यो कत्तिको खतरनाक छ र हाल संचालनमा आएका खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने बारेमा अध्ययन भइरहेको बताइएको छ ।

संक्रमण दरमा आएको कमीसंगै हाल जारी लकडाउन केहि सहज बनाउने सरकारले तयारी गरिरहेको छ । हिजो सोमबार बेलायतमा कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या यो वर्ष यताकै सबैभन्दा कम थियो ।

सोमबार संक्रमितको संख्या दश हजार भन्दा कम थियो भने मृतक संख्या पनि २३० मात्र रहेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकले देखाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू