बिहीबार, चैत १५, २०८०
15:11 | २०:५६

अक्सफोर्ड खोप अब बालबालिकामा परीक्षण गरिने

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२१


लन्डन । कोभिड विरुद्ध बनाइएको अक्सफोर्ड-एस्ट्राजेनेका खोप अब बालबालिकामा समेत परीक्षण गरिने भएको छ । विश्वकै पहिलो यस्तो परीक्षणमा ६ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरी सहभागी हुने स्काइ न्यूजले जनाएको छ ।

उक्त परीक्षण यही महिना अक्सफोर्ड विश्वविद्यालय र यसका पार्टनर साइट्स लन्डन, साउथहयाम्पटन र ब्रिस्टोलमा शुरु गरिने छ ।

युवामा उक्त खोपको प्रभावकारिताबारे परीक्षण हुन लागेको समाचारमा जनाइएको छ । अनुसन्धाताहरुले खोपबाट कत्तिको प्रतिरोध क्षमता निस्कन्छ भनेर शुरुमा तीनसय स्वयंसेवकमा अक्सफोर्ड-एस्ट्राजेनेका खोप दिनेछन् ।

२४० बालबालिकालाई खोप दिइने र बांकीले ‘मेनेनजाइटिस’ खोप प्राप्त गर्नेछन् । इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसर प्रोफेसर जोनाथन भ्यानटमले यसअघि बालबालिकामा पनि सुरक्षित र प्रभावकारी हुने खोप विकासका लागि धेरै परीक्षण भइरहेका जनाएका थिए ।

बेलायतले अहिले आममानिसमा प्रयोगका लागि अक्सफोर्ड-एस्ट्राजेनेका, फाइजर-बायोएनटेक र मोडर्ना खोपलाई अनुमति दिएको छ । यही फेब्रुअरी मध्यसम्म बेलायतमा डेढ करोड मानिसलाई खोप दिइसक्ने सरकारको लक्ष्य नजिक पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू