शनिबार, वैशाख ८, २०८१
12:59 | १७:४४

पिटरबरो नेपाली समाज यूकेमा नयां नेतृत्व

८ सदस्यीय ट्रष्टी बोर्ड पनि गठन

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२१


लन्डन । पिटरबरो नेपाली समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न भर्चुअल साधारणसभाले भरत पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।

९ औं कार्यसमितिको तीनजना उपाध्यक्षमा विष्णु थापा, संगीता कोइराला र भिमलाल खनाल चुनिएका छन् भने महासचिव कृष्ण लुईंटेल, सचिव जुना सापकोटा, कोषाध्यक्ष डोलराज बस्याल र सह-कोषाध्यक्षमा हरिप्रसाल भुषाल चुनिए ।

त्यसैगरि सदस्यहरुमा उपेन्द्र श्रेष्ठ, नारायण भण्डारी, लव लामिछाने शर्मा, राजकुमार पुडासैनी, सचिन भट्टराई, अर्चना भण्डारी, राम भट्ट शर्मा चुनिएका छन् ।

निर्वाचन संयोजक केशव भण्डारीले निर्वाचित कार्यसमितिलाई शपथ गराएका थिए । साथै साधारणसभाले ८ सदस्यीय ट्रष्टी बोर्ड पनि गठन गरेको छ । ट्रष्टी संयोजकमा शिव पौडेल र सदस्यहरुमा पवन शर्मा, डा. राजु सापकोटा, बाबुराम धिताल, कपिल खड्का, हरिहर भट्टराई, शिव भण्डारी क्षेत्री (समाजका निवर्तमान अध्यक्ष) र भरत पाण्डे रहेका समाजले जनाएको छ ।

साधारण सभाले भरत पाण्डे र हरिहर भट्टराईले एक एक वर्ष अध्यक्षता (आलोपालो) गर्ने सर्वसम्मत निर्णय पनि गरेको छ ।

बिहान १० बजे शुरु भएर अपरान्ह ५ बजेसम्म चलेको सभामा करिब एकसय जना उपस्थित थिए ।

नवनिर्वाचित अध्यक्ष भरत पाण्डेले उपलब्ध गराएको उनका योजना बुंदागत रुपमा जस्ताको तस्तैः

१. समाजको भाइबरको प्राविधिक पक्षलाई अझै प्रभावकारी र सुरक्षित बनाउन काम गर्ने ।

२. खासै प्रयोगमा आउन नसकेको हाम्रो म्यूजिक सिस्टमलाई आवश्यक परे नयाँ सामान थपेर अधिकतम प्रयोग गर्ने वातावरण बनाउने ।

३. सांस्कृतिक कार्यक्रमहरूका लागि समाजका भाइबहिनीहरू आवश्यक तयारी र प्राथमिकताका साथ प्रस्तुत गर्ने र नेपालबाट बेला मौकामा आएका राष्ट्रिय कलाकारहरूलाई पनि पिटरबरोसंग सांस्कृतिक रूपमा जोड्ने मेरो प्रयास रहने छ ।

४. पिटरबरो नेपाली समाजले संचालन गर्दै आएको नेपाली कक्षालाई निरन्तरता दिँदै साना सानी भाइबहिनीहरूलाई अतिरिक्त क्रियाकलाप जस्तै- नृत्य कक्षा र खेलकुदका अन्य क्रियाकलापहरू पनि सुरु गर्ने योजना छ । लोट्टोबाट समाजले भित्रयाएको बजेट खर्च नगरे फिर्ता जाने या अर्को पटक नपाउने सम्भावना भएकाले कोरोनाको यो कहरमा जुमबाट पनि के के क्रियाकलाप गर्न सकिन्छ भनेर घनीभूत छलफल गर्ने ।

५. किशोर र युवा पुस्तालाई फुटबलमा सकेको सहयोग गर्दै अत्यधिक रूपमा सहभागी गराउँदै नियमित अभ्यासमा प्रेरित गराउने टुर्नामेन्टहरूमा प्रतिस्पर्धा गर्न सहयोग र प्रेरणा गर्ने योजना छ ।

६. कोभिड लकडाउनले हाम्रो मनस्थितिमा बेग्लै असर छोडेको छ । तसर्थ योगा कक्षाहरू संचालमा पहल गर्ने योजना छ ।

७. समाजको घर किन्ने कुरा धेरै अघि देखि उठेको हो । यसका लागि समाजका ट्रष्टी, सल्लाहकार लगायत सबैसंग घनीभूत छलफल अघि बढाउने । उप-समिति बनाइ काम अघि बढाउने र कसले कति सहयोग गर्ने भनेर समाजको हरेक घरलाई बचनवद्वता गराउने । यसले हामीले कत्रो र कतिसम्म बजेटको घर या सामुदायिक भवन किन्ने भन्ने योजना बनाउन मद्धत पुग्ने छ । ५०० पाउण्ड भन्दा बढी सहयोग गर्ने परिवार र व्यक्तिको नाम भवनको प्रवेशद्वारमा राख्ने ।

८. भवन किन्न सके समाजमा बहुसंख्यक हिन्दू धर्मालम्बीहरू भएको नाताले एक साइडमा मन्दिर निर्मण र अर्कोतिर हप्ताको एकदिन भजन किर्तन गर्ने । भजन किर्तनका लागि बाद्यवाधनको व्यवस्था पनि गर्ने । समय समयमा प्रवचनका लागि गुरूहरू आमन्त्रण गर्न पनि पहल गर्ने योजना छ ।

९. हामीहरूले पढेका पुस्तकहरू संकलन गरेर तथा नेपालबाट पनि पुस्तकहरू झिकाइ एउटा सानो लाइब्रेरी खडा गर्ने योजना पनि छ ।

१०. आफ्नो भवन परिसरमा सम्भव भए आफ्नै ब्याटमिन्टन, टेबुल टेनिस जस्ता खेलहरू खेल्न बन्दोबस्त मिलाउने ।

११. पिटरबरोमा बसाई सराइलाई सहयोग गर्न सधैं तत्पर रहने ।

१२. कुनै पनि सहयोग विधानको परिधिभित्र रहेर गर्ने । पिटरबरो बासीहरूलाई विशेष ध्यान दिने । ‘कोभिड १९’ ले आइसोलेसनमा बसेका समाजका सदस्यहरूलाई आवश्यक सरसामान खरिदमा सहयोग गर्ने ।

१३. हिजोआज पिटरबरोमा नेपाली रेष्टुरेन्टहरू बढ्दै गएका छन् । ती रेष्टुरेन्टमा समाजको च्यारिटी नम्बरसहित च्यारिटी कलेक्सन पट राख्न पहल गर्ने र त्यसबाट उठेको रकम छलफलबाट पिछडिएका बच्चाहरूलाई नेपालमा कापी कलम र अन्य स्टेशनरी समान वितरण गर्ने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू