शुक्रबार, चैत १६, २०८०
22:47 | ०४:३२

बेलायतमा ५० वर्ष माथिका सबैलाई मेभित्र खोप

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२१

लन्डन । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्र कोरोनाविरुद्धको खोप दिइसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।

आगामी मे महिनामा हुने स्थानीय निर्वाचन पछि धकेलेर खोप वितरण कार्यलाई प्राथामिकता दिने र नौं वटा समूहका सम्पूर्णलाई मे महिनाभर खोप दिइसक्ने सरकारले बताएको छ । पहिलो चार प्राथमिकता समूहअन्तर्गत पर्नेहरुलाई यहि फेब्रुअरी १५ सम्ममा खोप वितरण गरिसक्ने सरकारले बताएको छ । जसअन्तर्गत ७० वर्ष भन्दा माथिका, अग्र पंक्तिमा काम गर्ने हेल्थ एण्ड केयर वर्कर र स्वास्थ्यका कारण कमजोर वर्गका मानिसहरु छन् ।

बेलायतमा कोरोना संक्रमण र मृत्युदर उच्च भएसंगै गत महिनादेखि नै खोप वितरणमा तीव्रता दिइदै आएको छ । हालसम्म बेलायतमा एक करोड नौ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको ‘हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप निकै प्रभावकारी भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा कोरोना संक्रमण दरमा कमी पनि आएको छ ।  जसका लागि अहिले लागू लकडाउनले पनि महत्वपूर्ण भूमिका खलेको ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू