क्याप्टेन टम मोरको सम्मानमा बेलायतभर ताली बजाइँदै
प्रधानमन्त्रीले गरे ‘क्ल्याप् फर क्याप्टेन मोर’ को अपील


लन्डन । कोरोना संक्रमणका कारण निधन भएका एक सय वर्षीय क्याप्टेन टम मोरको स्मृतिमा बुधबार साँझ बेलायतमा ताली बजाएर सम्मान गरिने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले ‘क्ल्याप फोर क्याप्टेन टम मोर’ को अपील गर्दै महामारीका बेला एनएचएस र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने टमप्रति श्रद्धा व्यक्त गर्न देशवासीलाई आव्हान गरेका छन् ।
दोस्रो विश्वयुद्धका भेटेरान टम मोरले गतवर्ष कोरोना महामारीका बखत आफ्नै बगैचामा एक सय पाइला हिंडेर नेशनल हेल्थ सर्भिस (एनएचएस) का लागि झन्डै ३३ मिलियन पाउण्ड संकलन गरेका थिए ।
निमोनियाको उपचार गराइरहेका क्याप्टेन मोरलाई कोरोना पोजिटिभ र श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बेडफोर्ड अस्पताल भर्ना गरिएको थियो ।
निमोनियाको औषधिका कारण कोरोना विरुद्धको खोप लगाउनबाट समेत बन्चित भएका मोरको मंगलबार कोरोनाकै कारण निधन भएको थियो । उनको निधनमा बेलायती महारानीले समेत श्रद्धान्जली व्यक्त गरेकी छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले टम मोर विश्वकै महान हिरो भन्दै प्रधानमन्त्री कार्यालयको झण्डा आधा झुकाइएको थियो ।