शुक्रबार, वैशाख १४, २०८१
20:44 | ०१:२९

अमेरिकामा बाइडेन प्रशासनको २ साता नपुग्दै सयौंलाई देश निकाला

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१


न्यूयोर्क । बाइडेन प्रशासनको २ साता नपुग्दै अमेरिकाबाट सयौं देशनिकालामा परेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको सुरुका दिनमा देशनिकाला रोक्ने प्रतिबद्धताका बाबजुत उनीहरुलाई देशनिकाला गरिएको हो ।

बाइडेन प्रशासनले एकसय दिनका लागि देशनिकाला स्थगित गर्ने घोषणा गरेको थियो । तर, संघीय न्यायाधिसले गत साता एक आदेश जारी गर्दै देशनिकाला स्थगित गर्ने बाइडेन प्रशासनको घोषणालाई केहीदिनका लागि कार्यान्वयनमा रोक लगाए । तर अदालतले सरकारलाई देशनिकालाको तालिका तय गर्न बाध्य पारेको थिएन ।

बाइडेनले कार्यभार सम्हालिसकेपछि आइसले अमेरिकाबाट कम्तीमा तीनदेशका नागरिकहरुलाई देशनिकाला गरेको छ । बिहिबार १५ जनालाई जमैका र शुक्रबार २६९ जनालाई ग्वाटेमाला र होण्डुरस देशनिकाला गरिएको छ ।

आज सोमबारका लागि पनि अरु देशनिकालाका उडानहरु तय गरिएको थियो । तर आज कतिजनालाई देशनिकाला गरियो भन्नेबारे स्पष्ट छैन । देशनिकाला गरिएकाहरुमध्ये कतिजनालाई राष्ट्रिय सुरक्षा र जन सुरक्षामा खतरा रहेको ठहर गरिएको थियो भन्ने स्पष्ट छैन । त्यस्तै हालै सिमाना पार गरेकाहरु कतिजना थिए भन्ने पनि स्पष्ट छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशनिकालाको प्राथमिकतामा राष्ट्रिय सुरक्षा र जन सुरक्षामा खतरा रहेकाहरु तथा हालैमात्र सिमाक्षेत्रबा गैरकानूनी रुपमा छिरेकाहरुलाईमात्र राखिएको छ ।

शुक्रबार देशनिकाला गरिएकी एउटा महिला सन् २०१९ मा २२ जनाको ज्यान जानेगरी भएको गोलीकाण्डकी प्रत्यक्षदर्शी समेत थिइन् । उनले बन्दुकधारीबिरुद्ध प्रत्यक्षदर्शीका रुपमा बयान दिने सहमति जनाएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू