बिहीबार, चैत १५, २०८०
09:00 | १४:४५

भारतको यस वर्षको रक्षा बजेट १५ बर्षपछिकै धेरै

रासस-एएनआई फ्रेब्रवरी १, २०२१


नयाँ दिल्ली, १९ माघ– भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो ।

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेका छन् । भारतको यस बर्षको बजेट ४.७८ करोडको छ ।

‘अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो’, रक्षामन्त्री सिंहले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू