शुक्रबार, चैत १६, २०८०
12:10 | १७:५५

बेलायतमा मुक्तक दिवस भव्य

नेपाली लिङ्क जनवरी ३०, २०२१

लण्डन । नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र), बेलायत शाखाले ३० जनवरी शनिवार त्रिदिवसीय मुक्तक दिवस मनाउने क्रममा दोश्रो दिन जूममार्फत यूरोप स्तरीय मुक्तक वाचन कार्यक्रम गरेको छ । 

नेमुप्र, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलको अध्यक्षता रहेको सो कार्यक्रममा केन्द्रका अध्यक्ष रामकाजी कोनेको प्रमूख आतिथ्यता तथा कोषाध्यक्ष निशा केसीको विशेष आतिथ्य थियो । 

साहित्य चौतारी बेलायतका संयोजक बासु शर्मा तथा विश्वनेपाली महासंघ, बेलायतका अध्यक्ष विजय हितानको आतिथ्य रहेको कार्यक्रम संस्थाका सचिव नृपेश उप्रेतीले संचालन गरेका थिए । 

भेलालाई कार्यक्रम संयोजक तथा उपाध्यक्ष प्रतिमा केसीले स्वागत गरेकी थिइन् । भरत लोहोरुङको बांसुरी धूनबाट नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रम सुरुवात गरिएको थियो ।

सल्लाहकार डा. रुपक श्रेष्ठले त्रिदिवसीय मुक्तक दिवसका कार्यक्रम र तिनका उद्देश्यहरु तथा मुक्तक रचना बिधान तथा वाचन शैलीका बारेमा मन्तव्य राख्दै पृथ्वीनारायण क्याम्पससंगको सह-आयोजनामा माघ १८ मा विश्वव्यापी रुपमा मनाईने अन्तिम सत्रका लागि सबैलाई निमन्त्रणा दिए । 

माघ १८ मा हुने अन्तिम सत्र मुक्तकमाथि एक प्राज्ञिक वहसको सुरुवात भएको र मुक्तकलाई अब प्राज्ञिक क्षेत्रमा भित्र्याउन एक सेतुको रुपमा आउने सल्लाहकार श्रेष्ठले व्यक्त गरे । 

कार्यक्रममा बेलायतबाट दुर्गा प्रसाद पोख्रेल, रुपक श्रेष्ठ, बिनोद अधिकारी, सुमल कुमार गुरुङ, प्रतिमा केसी, नृपेश उप्रेती, राज श्रेष्ठ, कुमार केसी, भरत लोहोरूङ राई, सेमन्त राई, नानु राना, बासु शर्मा, विजय हितान, मुकेश राई, अहिल्या कुवंर, ललित न्यौपाने, डम्बर सिंह, जगत नवोदित, रमेश कायस्थ, नारायण ‘गाउंले’, मोहन आचार्य ‘जलाद’, गोकुल भन्डारी, यूरोपबाट युवराज लामिछाने (रुमानिया), राजेश तुफान कार्की (डेनमार्क), सौरभ कारन्जित (बेल्जियम), बिमल गिरी (बेल्जियम), साबी श्रेष्ठ (पोर्चुगल) तथा जापानबाट केबी पारखी, त्यस्तै केन्द्रका प्रतिनिधि रामकाजी कोने तथा निशा केसीले आ-आफ्ना मुक्तक वाचन गरे ।  

प्रमूख अतिथी रामकाजी कोनेले कार्यक्रम समिक्षा गर्दै यस दोश्रो सत्रको कार्यक्रम बेलायत शाखाले भव्य सफल गरेकोमा संयोजक प्रतिमा केसी तथा सम्पूर्ण कार्यकारी समिति तथा त्रिदिवसीय कार्यक्रमका योजनाकार डा. रुपक श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । 

सभापति दुर्गाप्रसाद पोख्रेलले अब मुक्तक शिक्षालयहरुमा पठनपाठनको विषय बन्नुपर्नेमा जोड दिंदै सम्पूर्ण उपस्थित मुक्तककार तथा मुक्तकप्रेमीहरुलाई कार्यक्रम भव्य पार्न सहयोग गरेकोमा धन्यबाद दिएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू