बिहीबार, चैत १५, २०८०
10:34 | १६:१९

बेलायतमा २९ हजार बढी नयां संक्रमित   

२४ घन्टामा १२४५ को मृत्यु

नेपाली लिङ्क जनवरी २९, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा २९  हजार ७९ जना नयां कोरोना संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्याँक अनुसार नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ३७ लाख ७२ हजार ८१३ पुगेको छ ।

बेलायतमा कोरोनाका भाइरस संक्रमणका  कारण पछिल्लो २४ घण्टाभित्र थप १२४५  जनाको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख चार हजार ३७१ पुगेको छ । स्वास्थ्य विभागको तथ्याँक अनुसार एकसाताभित्र बेलायतमा ८, ३९० जनाको मृत्यु भएको छ ।

बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा केहि कमी आएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका अस्पतालमा झन्डै ३५ हजार संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार कोरोना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू