बिहीबार, वैशाख १३, २०८१
13:22 | १८:०७

अमेरिकी अर्थतन्त्रमा सन् १९४६ पछिकै सबैभन्दा ठूलो संकुचन

रासस/एएफपी जनवरी २८, २०२१

वासिङटन डिसीस्थित क्यापिटल भवन । तस्विर एएफपी

वाशिङ्टन, १५ माघ- कोभिड–१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्थाको सामना गर्नुपरेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक संकुचन आउँदा आर्थिक वृद्धिदर ३.५ प्रतिशत कायम भएको बिहीबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

सन् १९४६ पछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको यो सबैभन्दा ठूलो संकुचन भएको अमेरिकी वाणिज्य विभागले जानकारी गराएको हो ।

उक्त संकुचनले अमेरिकी खर्च र आर्थिक गिरावटलाई पनि प्रतिबिम्बित गरेको र निर्यात, निजी अनुसन्धानमुलक लगानी, गैरराष्ट्रिय स्थिर लगानी, र राज्य र स्थानीय सरकारको खर्च र स्थायी आवासीय लगानीमा वृद्धि भएको पुष्टि गरेको छ ।

गत वर्षको कूल निर्यातमा १३ प्रतिशतको गिरावट आएको छ भने व्यक्तिगत उपभोग्य खर्च ३.९ प्रतिशतमा झरेको छ ।

चौथो त्रैमासिकमा मात्र अमेरिकी कूल गार्हस्थ उत्पादनमा ४.० प्रतिशतले वृद्धि भएको अन्तिम तीन महिनाको पहिलो प्रक्षेपणमा उल्लेख छ ।

जुलाई–सेप्टेम्बरको अवधिको तुलनामा अन्य धेरै देशहरूमा महामारी नियन्त्रणका लागि अपनाइएको उपायका कारण चौथो त्रैमासिकमा अमेरिकी कूल गार्हस्थ उत्पादन वृद्धि केवल १.० प्रतिशत कायम रहेको प्रतिवेदनमा जनाइएको छ ।

अप्रिल–जुन महिनाको अवधिमा ९.० प्रतिशतले गिरावट आएपनि तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा देखिएको सुधारसँगै वृद्धिदर ७.५ प्रतिशत कायम भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू