शुक्रबार, चैत १६, २०८०
20:01 | ०१:४६

बेलायतमा ७१ लाख बढीले लगाए कोरोनाको खोप

४ लाख ७४ हजार १५६ ले लगाए दोस्रो डोज

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । बेलायतमा बुधबारसम्म ७१ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो जानकारी अनुसार बेलायतमा हालसम्म ७१ लाख ६४ हजार ३८७ जनाले खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७४ हजार १५६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसंगै बेलायत सरकारले खोप अभियानलाई प्राथमिकताकासाथ अघि बढाएको छ । खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले खोप वितरण केन्द्रको वृद्धि गरिएको छ ।

कोरोना खोप लगाएपछि पनि तत्कालका लागि सामाजिक दुरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । ‘इम्यून सिस्टम’ ले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू