शुक्रबार, वैशाख ७, २०८१
04:02 | ०८:४७

बेलायतमा ६८ लाख बढीलाई दिइयो कोरोनाको खोप

चार लाख ७२ हजार बढीले लिए दोस्रो डोज

नेपाली लिङ्क जनवरी २६, २०२१

लन्डन । बेलायतमा मंगलबारसम्म ६८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बेलायतमा हाल कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसंगै खोप अभियानलाई प्राथमिकतासाथ अघि बढाइएको अधिकारीहरुले बताउंदै आएका छन् ।

पछिल्लो जानकारी अनुसार बेलायतमा हालसम्म  ६८ लाख ५३ हजार ३२७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७२ हजार ४४६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बढी भन्दा बढी मानिसहरुलाई खोप वितरण गर्ने उद्देश्यले थप ३२ वटा खोप वितरण केन्द्र थपिने भएको छ ।

यसअघि झन्डै डेढ दर्जन ठूला खोप केन्द्र केन्द्रहरुमार्फत खोप वितरण गरिंदै आएको छ ।

कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दुरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू