शुक्रबार, वैशाख १४, २०८१
22:30 | ०३:१५

भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित

रासस/पिटिआई जनवरी १५, २०२१


नयाँ दिल्ली, २ माघ– भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ ।

कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।

सरकारी र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौँ पटक वार्ता भएपनि सहमति हुन नसकेको हो । शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको छ ।

किसानहरुको मागप्रति सरकारी पक्ष धेरै नै लचक हुंदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको दावी छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफूहरुले माग गरेपनि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए ।

‘आज कुनै सहमति हुन सकेन, त्यसैले हामी फेरि यही जनवरी १९ तारिखको मध्यान्ह १२ बजे भेट्नेगरी छुट्टिएका छौँ’, शुक्रबार उनले भने ।

भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू