मंगलबार, वैशाख ११, २०८१
18:36 | २३:२१

श्रीलंका–इंग्ल्याण्ड टेस्ट शुरु

रासस–एएफपी जनवरी १४, २०२१

श्रीलंका । श्रीलंका र इंग्ल्याण्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । 

टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इंग्ल्याण्डका तीव्र  गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए ।

श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् । 

एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ । 

इंग्ल्याण्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए । 

गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन । 

यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू