शुक्रबार, वैशाख ७, २०८१
16:15 | २१:००

जलपरी गौरिका वर्ष खेलाडी घोषित

जुमबाटै सहभागी बनिन् गौरिका

नेपाली लिङ्क जनवरी १२, २०२१

लन्डन । बेलायतमा बस्दै आएकी नेपाली कीर्तिमानी पौडीवाज गौरिका सिंह वर्ष खेलाडी घोषित भएकी छन् ।  

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा ‘जलपरी’ गौरिकालाई वर्ष महिला खेलाडी घोषणा गरिएको हो । मंगलबार काठमाडौंमा अवार्ड घोषणा गरिएको हो ।  

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्  ऐतिहासिक ४ स्वर्णसहित कूल ९ पदक जितेर गौरिकाले कीर्तिमान बनाएकी थिइन् ।

उनले दक्षिण एशियाली खेलकुदको इतिहासमै पहिलो व्यक्तिगत स्वर्ण जित्नुका साथै ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

सागमा नेपालको लागि अहिलेसम्मकै सर्वाधिक ४ स्वर्ण जित्ने कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरेकी थिइन् । त्यस्तै, सागको एउटै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बन्न समेत उनी सफल भएकी थिइन् ।

नेपालको आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले आफू सहभागी सबै १२ वटै प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् ।

वर्ष खेलाडी अवार्डका लागि मनोनयनमा परेका १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पार्दै गौरिका वर्ष खेलाडी घोषित भएकी हुन् 

जुमबाटै सहभागी बनिन् गौरिका 

यसैबीच, अहिले बेलायतमै रहेकी गौरिकाले जुम एपमार्फत् अवार्ड समारोहमा सहभागिता जनाइन् । समारोहमा आफूलाई वर्ष खेलाडी घोषणा गर्दै गर्दाको दृश्य जुमबाट हेरिरहेको तस्विर उनले सामाजिक सन्जालमा पोस्ट गरेकी छन् ।  

साथै, वर्ष महिला खेलाडी घोषित हुँदा ‘सौभाग्यशाली’ महसुश भएको प्रतिक्रिया उनले दिएकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू