बिहीबार, वैशाख १३, २०८१
09:24 | १४:०९

राष्ट्रिय टोलीका पूर्व गोलकिपर शाहीको निधन

रासस जनवरी ११, २०२१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक तथा अखिल नेपाल फुटबल संघ ( एन्फा)  का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक थिए 

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा शाही टोलीका महत्वपूर्ण खेलाडी थिए । उनले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक थिए । उनले  सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन्  

२०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा शाही  महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी  नेपाल बक्सिङ संघमा समेत महासचिव थिए ।

विसं २०७० मा नेपाल आइस हकी संघ स्थापना हुँदा शाही संस्थापक अध्यक्षमा चयन भएका थिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू