शुक्रबार, वैशाख १४, २०८१
03:58 | ०८:४३

नेपालमा सक्रिय संक्रमितको संख्या पांच हजार १३३

रासस जनवरी ६, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् । कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू