शनिबार, वैशाख १५, २०८१
04:18 | ०९:०३

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

रासस डिसेम्बर २४, २०२०

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।

सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्ने भएका हुन् ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई  अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स  मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । 

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लागेका हुन्  । यसअघि  टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । 

खड्का यसपटक  टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा छन्  । टी–१० लिग सन् २०२१  जनवरी २८ देखि शुरु हुनेछ । प्रतियोगितामा आठ टोली भिड्ने छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू