बिहीबार, चैत १५, २०८०
11:50 | १७:३५

‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि

रासस डिसेम्बर २४, २०२०

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । “कोरोनाको असर केही कम भएकाले क्लबसितको छलफलपछि लिग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौँ”, उनले भने । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिने शेर्पाले उल्लेख गरे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब रु दुई लाखका दरले सहयोग उपलब्ध गराइने जानकारी दिए । लिगअघि सबै खेलाडीको कोरोना परीक्षण गरिनेछ ।

कोरोनाका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन गरिएको थियो । आजको छलफलमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रवीन्द्र जोशी, लिग कमिटीका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जीव मिश्रलगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू