बुधबार, वैशाख १२, २०८१
18:38 | २३:२३

नेपालका राजनीतिकर्मीको बौद्धिक दरिद्रता देखेर दया लाग्योः प्रा. सुवेदी

नेपाली लिङ्क डिसेम्बर २२, २०२०

प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी

लन्डन । बेलायतस्थित अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ/क्यूसी) ले नेपालको राजनीतिक घट्नाक्रमबाट आफू दुःखी भएको बताएका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदीले नेपाली लिंकलाई प्रतिक्रिया दिंदै अब मुलुकलाई कसरी पुनर्जागरण र पुनरुत्थानमा लान सकिन्छ भन्ने विषयमा आफ्नो सोचाइ केन्द्रित गर्न थालेको बताए ।

डा. सुवेदीको धारणाः

नेपालको राजनीति यति फोहोरी भइसक्यो र नेताहरुको स्तर यति धेरै गिरिसक्यो कि अब यो र त्यो कदम ठिक र बेठिक भनेर तर्क वितर्क गरेर समय खेर फाल्नु मलाई निरर्थक लागेको छ । नेपालका राजनीतिकर्मीहरुको बौद्धिक दरिद्रता देखेर मलाई दया लागेर आयो । नेपाल यसै अल्पविकसित मुलुक बनेको होइन रहेछ भन्ने मलाई अनुभूति भयो ।

अब यो फोहोर राजनीतिलाई बढारेर फाल्ने कस्तो कुचो हुन सक्तछ र मुलुकलाई कसरी पुनर्जागरण र पुनरुत्थानमा लान सकिन्छ भन्ने विषयमा मैले आफ्नो सोचाइ केन्द्रित गर्न थालेको छु ।

सत्ताको लागि झण्डै १७ हजार मानिसको सदाहत 
गराइएको दुःखद इतिहास अस्ति भर्खरकै हो । अहिले पुनः सत्ताको लागि मान्छे मार्ने हदसम्म यी नेताहरु पुगिसकेका छैनन् । त्यसैले अहिले त्यही नै ठूलो कुरा भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू